आइपिओ जारी गर्दै ६ बीमा कम्पनी, पैसा ठिक पारेर भर्न तयार हुनुहोस्

0
48

६ जीवन बीमा कम्पनीहरु आइपीओ निष्काशन गर्ने तयारीमा रहेका छन ।
सिटिजन लाइफ इन्स्योरेन्स,आईएमई लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सन् नेपाल लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स ३ अर्ब ७५ करोड रुपैयाँको आइपीओ निष्काशन प्रक्रियामा रहेका छन् ।
हाल सबैभन्दा धेरै एक अर्ब ७५ करोड रूपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रूपैयाँको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ ।
आईएमई लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सन् नेपाल लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सले समान ६० करोड बराबरको आईपिओ निष्काशन गर्ने तयारी गरेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्