कुन एपले तपाईका के-के व्यक्तिगत सूचना लिन्छन ? हेर्नुहोस् सूची

0
53

फेसबुक, ह्वाट्एप, भाइबर, टेलिग्राम लगायतका इन्स्ट्यान्ट म्यासेजिङ एपहरु हाम्रो दैनिक जीवनकाअभिन्न अंग भइसके । यी एपहरु हाम्रो मोबाइलमा इन्स्टल गरेपछि हाम्रा के कस्ता सूचना र जानकारीहरु एपले सुटुक्क लिइरहेका हुन्छन भन्ने’bout हामी धेरैजसो अनविज्ञ नै हुन्छौं ।

एप इन्स्टल गर्ने बेला स्वीकार्न लगाइने प्रयोगका सर्तहरु अधिकांश प्रयोगकर्ताले पढ्दैनन् । जसका कारण आफ्ना कुन कुन व्यक्तिगत सूचना ती एपहरुले संकलन गरेका हुन्छन र त्यस्ता सूचना तेस्रो पक्षलाई विक्री हुन्छन् वा हुँदैनन् भन्ने बिषयमा जानकार हुँदैनन् ।

हालै ह्वाट्सएपले गरेको नीतिगत संशोधनसँगै प्रयोगकर्ताका सूचनाको संकलन र बिक्रिमा आम प्रयोगकर्ताको चासो बढेको छ । ह्वाटसएपको नयाँ नीति पढेपछि थाहा हुन्छ कि यो एपले तपाई हाम्रा निकै धेरै सूचनाहरु संकलन गर्ने रहेछ ।

फेसबुक म्यासेन्जर, ह्वाट्सएप जस्ता म्यासेजिङ एपहरुले प्रयोगकर्ताका निजी सूचना संकलन गरेको खुलेपछि सिग्नल लगायतका एपहरुको प्रयोग बढ्न थालेको छ जसले निकै कममात्र प्रयोगकर्ताका सूचना लिन्छन् ।

एप स्टोरमा उपलब्ध सूचनाहरुको विश्लेषण गर्दा प्रयोगकर्ताका निजी सूचना संकलनमा ह्वाट्सएप सबैभन्दा अगाडी देखिएको छ । त्यसपछि फेसबुक म्यासेन्जर छ । सिग्नल एपले प्रयोगकर्ताको मोबाइलनम्बर बाहेक कुनै पनि सूचनालिने नगरेको पाइएकोछ ।

एपहरुले कुन कुन विवरण संकलन गर्छन भन्ने कुरा ती एपको गोपनीयता सम्बन्धी नीतिमा उल्लेख गरिएको हुन्छ तर निकै लामालामा यस्ता नीतिलाई अधिकांश प्रयोगकर्ताले पढ्दै नपढी एसेप्ट गरिदिन्छन ।

यहाँ फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर र टेलिग्रामले तपाइँको के के व्यक्तिगत विवरणहरु लिइरहेका छन् भन्ने जानकारी दिइएको छ ।

ह्वाट्सएपले तपाइका यी बिबरण संकलन गर्छ

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्