जेष्ठ नागरिकलाई सरकारले नै मोबाइल चलाउन सिकाउने

0
36

ठमाडौं । अब जेष्ठ नागरिकलाई सरकारले नै मोबाइल चलाउन सिकाउने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले वृद्ध-वृद्धालाई डिजिटल तथा मोबाइल प्रविधि प्रयोग’bout तालिम दिने कार्यक्रम अगाडि सारेको हो ।
चालु आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रममा प्राधिकरणले सातै प्रदेशका जेष्ठ नागरिकलाई जीवनयापनमा उपयोग हुने प्रचलित तथा अत्यावश्यक दूरसञ्चार तथा आईसीटी प्रविधि सम्बन्धी उपकरण तथा प्रविधि ’bout शिक्षा तथा तालिम प्रदान गर्ने विषय उल्लेख छ ।
यसका लागि नियामकले कूल ७० लाख रुपैयाँ बजेट छुट्याएको छ । कार्ययोजना अनुसार असोज मसान्तसम्म तालिमका लागि सेवाप्रदायक छनौट गर्ने र त्यसपछिको तीन महिनाभित्र दुई ओटा प्रदेशमा तालिम कार्यक्रम सञ्चालन गरिने छ ।
त्यसैगरी दोस्रो चरणमा चैत मसान्तसम्म थप दुई वटा प्रदेशमा र असार मसान्तसम्म बाँकी तीन प्रदेशमा यस किसिमको तालिम आयोजना गरिने प्राधिकरणले जनाएको छ । हरेक प्रदेशमा यस किसिमको तालिम कार्यक्रम सञ्चालन गर्नका लागि १०/१० लाख खर्च गर्ने योजना बनाइएको छ ।
तालिमका क्रममा मोबाइलबाट नागरिक एप लगायतका अनलाइन सेवा लिने, डिजिटल भुक्तानी तथा मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने, सामाजिक सञ्जालमा सुरक्षित रहने आदि विषयमा शिक्षा तथा तालिम दिइने बताइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्