मकवानपुरमा ८१ किलो ३५० ग्राम गाँजासहित ट्रक चालक पक्राउ

0
42

६ साउन, काठमाडौं । मकवानपुरमा प्रहरीले ८१ किलो ३५० ग्राम गाँजासहित ट्रक चालक पक्राउ परेका छन् ।

राक्सिराङ गाउँपालिका-४ का ४२ वर्षीय बाबुराम नेगीलाई ना८ख ८२८४ नम्बरको ट्रक र गाँजासहित बुधबार बिहान करीब ३ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले नेगीलाई मनहरी गाउँपालिका-८ सिमपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट उनलाई नियन्त्रणमा लिएको हो ।

सडकमा शंकास्पद अवस्थामा रोकिराखेको ट्रकलाई चेकजाँच गर्दा पछाडि ढालामा लुकाएर राखेको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्