स्वस्थ आनीबानी : पशुपंक्षीबाट सिक्न सकिन्छ

0
30

पशुपंक्षीको लागि कुनै कारागारको जरुरत हुँदैन, नियम–कानुनको आवश्यक्ता पर्दैन । किन ? ’cause उनीहरु प्रकृतिको नियम अनुसार चल्छन् । प्रकृतिको नियमलाई उल्लंघन गर्दैनन्, मान्छेले जसरी । यही कारण उनीहरु मान्छे जस्तो तनावग्रस्त, रोगग्रस्त हुँदैनन् । आफ्नो जीवन स्वभाविक ढंगले भोग गर्छन् ।

प्रकृतिको नियम अनुसार पशुपंक्षी खाने, सुत्ने, हिँड्ने, डुल्ने गर्छन् ।

’cause प्रकृति आफैमा एक मार्गदर्शक हो, सही जीवनयानको लागि । प्रकृतिले धर्तीका सबै प्राणीलाई आ–आफ्नै तौरतरिकाले जिउनका लागि ठाउँ दिएको छ । त्यती मात्र होइन, कहाँ के खाने, कुनबेला खाने, कुनबेला सुत्ने, कुनबेला उठ्ने भन्ने कुरा तय गरिदिएको छ ।

जस्तो कि, सूर्योस्तपछिको समय विश्रामको लागि हो । घाम अस्ताउँदै गर्दा पशुपंक्षीहरु आ–आफ्नो वासस्थानमा फर्कन्छन् । राती चुपचाप विश्राम गर्छन् । विहान सूर्योदयअघि उठ्छन् । तर, मान्छेले प्रकृतिसँग यसरी तालमेल मिलाउँछ ?

हरेक भूगोल अनुसार, हावापानी अनुसार विभिन्न फल्छन्, पाक्छन् । भूगोल, ऋतु अनुरुप प्राप्त हुने यी खानेकुरा खाएर नै पशुपंक्षीले आफ्नो जीवनयापन गर्छन् । तर, मान्छेलाई यसमा चित्त बुझ्दैन । कार्तिक–मंसिरमा पाक्ने सुन्तलाको तलतल मान्छेलाई चैत्र–वैशाखमै लाग्छ । त्यसैले बेमौसमी खानेकुरा खपत गर्छन् । नेपालमा बसोबास गर्ने मान्छेले अर्कै मुलुकमा उत्पादन भएको खानेकुरा खोज्छन् । आफ्नो भूगोल एवं हावापानीमा उत्पादन भएको खानेकुराले मान्छेको चित्त बुझ्दैन ।

मान्छेको यही असन्तोषले गर्दा अहिले मानसिक, शारीरिक समस्याहरु बल्झिदैछ ।

पशुपंक्षीले पाएको खान्छ । जति पाइन्छ, जति खाइन्छ त्यसमै सन्तोष गर्छन् । मानौं जंगलमा उसले पाकेको ऐंसेलु भेट्यो । भरपेट खान्छन् । बाँकी ऐंसेलुप्रति उनमा लोभ जाग्दैन । तर, मान्छेलाई भरपेट खान पाएर मात्र पुग्दैन । उसले भोलि, पर्सी वा महिनौंका लागि पनि खानेकुरा राख्न खोज्छन् । दुःख, अभावमा छाक टार्ने समस्या पुरा भएर मात्र पनि मान्छे ढुक्क हुँदैनन् ।

पशुपंक्षीले आफ्नो शरीर प्रतिकुलका खानेकुरा खादैनन् । शरीरको रचना अनुसार प्राकृतिले उपलब्ध गराएको खानेकुरा खान्छन् । तर, मान्छे खानेकुराको प्रसंगमा एकदमै लोभी र स्वादे छन् । मान्छेले डेढ वित्ताको पेटमा संसारभरका खानेकुरा कोच्ने इच्छा गर्छन् ।

मान्छेमा लोभ, मोह, आशक्ति, इष्र्या, घृणा यसरी नै पैदा हुन्छ ।  नतिजा, मान्छे अनेक मानसिक र शारीरिक रोगले ग्रस्त हुँदैछ ।

पशुपंक्षीले आफ्नो जन्मजात गुण त्याग्दैन । के खानुपर्ने, कहाँ बस्नुपर्ने, के गर्नुपर्ने ? उनीहरु पालना गर्छन् ।

पशुपंक्षी र मान्छेबीच धेरै कुरा फरक छ । मान्छेले आफुलाई धर्तीकै सर्वश्रेष्ठ प्राणी ठान्छ । मान्छेले जगतका सबै प्राणीलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । सबैमाथि आफ्नो नियन्त्रण र अधिकार जमाउन खोज्छन् ।

एउटा बाघ शहरमा पस्यो भने मान्छेले त्यसलाई बाँकी राख्दैन । मान्छेको लागि त्यो एउटा चटक वा आतंक बन्छ । अर्कोतिर बन्यजन्तुको वासस्थान अर्थात जंगलमा पनि मान्छेले आफ्नो हालीमुहाली चलाउन खोज्छन् । जंगल फडानी गर्छन्, डढेलो लगाउँछन्, विध्वांस मच्याउँछन्, अतिक्रमण गर्छन् । मान्छे उपध्रो गरिरहन्छन् ।

त्यही कारण मान्छेको लागि आचारसंहिता एवं नियम–कानुन बनाउनुपर्ने हुन्छ । मान्छेलाई ठीक ठाउँमा राख्न अर्थात अनुशासित बनाउन नियम–कानुन चाहिन्छ । तर, पशुपंक्षीलाई ?

पशुपंक्षीको लागि कुनै कारागारको जरुरत हुँदैन, नियम–कानुनको आवश्यक्ता पर्दैन । किन ? ’cause उनीहरु प्रकृतिको नियम अनुसार चल्छन् । प्रकृतिको नियमलाई उल्लंघन गर्दैनन्, मान्छेले जसरी । यही कारण उनीहरु मान्छे जस्तो तनावग्रस्त, रोगग्रस्त हुँदैनन् । आफ्नो जीवन स्वभाविक ढंगले भोग गर्छन् ।

प्रकृतिको नियम अनुसार पशुपंक्षी खाने, सुत्ने, हिँड्ने, डुल्ने गर्छन् ।

’cause प्रकृति आफैमा एक मार्गदर्शक हो, सही जीवनयानको लागि । प्रकृतिले धर्तीका सबै प्राणीलाई आ–आफ्नै तौरतरिकाले जिउनका लागि ठाउँ दिएको छ । त्यती मात्र होइन, कहाँ के खाने, कुनबेला खाने, कुनबेला सुत्ने, कुनबेला उठ्ने भन्ने कुरा तय गरिदिएको छ ।

जस्तो कि, सूर्योस्तपछिको समय विश्रामको लागि हो । घाम अस्ताउँदै गर्दा पशुपंक्षीहरु आ–आफ्नो वासस्थानमा फर्कन्छन् । राती चुपचाप विश्राम गर्छन् । विहान सूर्योदयअघि उठ्छन् । तर, मान्छेले प्रकृतिसँग यसरी तालमेल मिलाउँछ ?

हरेक भूगोल अनुसार, हावापानी अनुसार विभिन्न फल्छन्, पाक्छन् । भूगोल, ऋतु अनुरुप प्राप्त हुने यी खानेकुरा खाएर नै पशुपंक्षीले आफ्नो जीवनयापन गर्छन् । तर, मान्छेलाई यसमा चित्त बुझ्दैन । कार्तिक–मंसिरमा पाक्ने सुन्तलाको तलतल मान्छेलाई चैत्र–वैशाखमै लाग्छ । त्यसैले बेमौसमी खानेकुरा खपत गर्छन् । नेपालमा बसोबास गर्ने मान्छेले अर्कै मुलुकमा उत्पादन भएको खानेकुरा खोज्छन् । आफ्नो भूगोल एवं हावापानीमा उत्पादन भएको खानेकुराले मान्छेको चित्त बुझ्दैन ।

मान्छेको यही असन्तोषले गर्दा अहिले मानसिक, शारीरिक समस्याहरु बल्झिदैछ ।

पशुपंक्षीले पाएको खान्छ । जति पाइन्छ, जति खाइन्छ त्यसमै सन्तोष गर्छन् । मानौं जंगलमा उसले पाकेको ऐंसेलु भेट्यो । भरपेट खान्छन् । बाँकी ऐंसेलुप्रति उनमा लोभ जाग्दैन । तर, मान्छेलाई भरपेट खान पाएर मात्र पुग्दैन । उसले भोलि, पर्सी वा महिनौंका लागि पनि खानेकुरा राख्न खोज्छन् । दुःख, अभावमा छाक टार्ने समस्या पुरा भएर मात्र पनि मान्छे ढुक्क हुँदैनन् ।

पशुपंक्षीले आफ्नो शरीर प्रतिकुलका खानेकुरा खादैनन् । शरीरको रचना अनुसार प्राकृतिले उपलब्ध गराएको खानेकुरा खान्छन् । तर, मान्छे खानेकुराको प्रसंगमा एकदमै लोभी र स्वादे छन् । मान्छेले डेढ वित्ताको पेटमा संसारभरका खानेकुरा कोच्ने इच्छा गर्छन् ।

मान्छेमा लोभ, मोह, आशक्ति, इष्र्या, घृणा यसरी नै पैदा हुन्छ ।  नतिजा, मान्छे अनेक मानसिक र शारीरिक रोगले ग्रस्त हुँदैछ ।

पशुपंक्षीले आफ्नो जन्मजात गुण त्याग्दैन । के खानुपर्ने, कहाँ बस्नुपर्ने, के गर्नुपर्ने ? उनीहरु पालना गर्छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्